टिकटकबाट गायब भयो आयुष र एलिजेको अकाउन्ट

सामाजिक सञ्जाल टिकटकमा ट्रोलको शिकार बनेपछि टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ । सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो । पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकट…

टिकटकबाट गायब भयो आयुष र एलिजेको अकाउन्ट

सामाजिक सञ्जाल टिकटकमा ट्रोलको शिकार बनेपछि टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ ।

सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।

पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर थिए । अहिले उनीहरूको युजरनेम हेर्दा उक्त पेज उपलब्ध नभएको सङ्केत देखिन्छ । उनीहरू आफैले अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्ने कुरा खुलिसकेको छैन ।

आयुषले आफनी आमालाई अस्वाभाविक अभिव्यक्ति दिएका थिए । त्यसपश्चात उनी ट्रोलको सिकार भएका थिए । पछि अलिजेले नेपालीलाई गाली गरेपछि अलिजेविरुद्ध मुद्धा परेको बुझिएको छ ।