रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग…

रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे ।

उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए । उनले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिरहेको बताए ।

शर्माले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर यतिसम्म अमानवीय व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।

उाले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको बताए ।