ट्रकमा लुकेर भैरहवा जाँदै गरेका १० जनालाई बुर्तिबाङ नै फर्काईयो

बडीगाड अनलाईन सवांददाता, चैत्र २४ गुल्मी । खाद्यान्न बोक्ने ट्रकमा लुकिछिपी भैरहवा हिँड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका १० जनालाई बुर्तिबाङ नै फर्काईएको छ । कोरोना भाईरसको जोखिम बडेसगैं सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान निषेध गरेको अवस्थामा लुकिछिपी ट्र…

ट्रकमा लुकेर भैरहवा जाँदै गरेका १० जनालाई बुर्तिबाङ नै फर्काईयो
बडीगाड अनलाईन सवांददाता, चैत्र २४ गुल्मी । खाद्यान्न बोक्ने ट्रकमा लुकिछिपी भैरहवा हिँड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका १० जनालाई बुर्तिबाङ नै फर्काईएको छ । कोरोना भाईरसको जोखिम बडेसगैं सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान निषेध गरेको अवस्थामा लुकिछिपी ट्रकमा यात्रा गर्दै गर्र्दा प्रहरीले बाग्लुङ र गुल्मीको सिमाना हाँडीखोलाबाट आईतबार बेलुकी उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बुर्तिबाङबाट बुटवलतर्फ खाद्यान्न ढुवानीका लागि जाँदै गरेको ना ५ ख ७५०१ नम्बरको ट्रकमा भैरहवा जान हिँडेका उनीहरुलाई ट्रकसगैं नियन्त्रणमा लिएर बडीगाड गाउँपालिकाले जिल्ला विका समितिको सभाहलमा निर्माण गरेको क्वारेन्टाईनमा राति राखेर सोमबार दिउँसो पुन : बुर्तिबाङ नै फर्काईएको बडीगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो । बुर्तिबाङबाट राता रात ट्रकमा लुकेर भैरहवा जाँदै गर्दा भेटिएका उनीहरुलाई बाटोमानै नियन्त्रणमा लिई पुन :उनीहरु जहाँबाट आएका हुन त्यही नै फर्काईएको उहाँले बताउनुभयो । बाग्लुङका पश्चिम क्षेत्रमा प्रवेश गर्ने मूख्य नाका हाँडीखोलाबाट ट्रकमा मानिसहरु रातारात भित्रिने गरेको खबर पाएपछि सुरक्षाकर्मी, बडीगाड गाउँपालिकाका जनप्रतिनिधि लगायत स्थानीय युवाहरुले गोस्ती थालेका थिए । गोस्ती थालेको केही बेरमै बुटबल जाँदै गरेको ट्रकमा उनीहरुलाई नियन्त्रणमा लिईएको थियो । कोरोनाको बढ्दो जोखिमलाई न्यूनिकरण गर्न सरकारले विभिन्न योजनाहरु अगाडी सारेपनि स्थानीय निकायहरुमा भने लापर्वाही देखिएको छ । अन्य सवारी साधनहरु आवतजावतमा रोक लगाएको सरकारले खाद्यान्न ढुवानी गर्ने गाडीहरुलाई भने छुट् दिएको छ । तर यही मौका छोपेर ट्रकहरुले जोखिमको ख्यालनै नगरी मानिस ओसार पसार गर्ने गरेका छन् ।