सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ…

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

मंगलबार एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।