गुल्मी चैत्र २५ । गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मगंलबार जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिनुभयो ।लकडाउनका बेला उहाँका श्रीमान भने भैरहवामा रहेको बताईएको छ ।
यसैबीच बागलुङको बडिगाड गाउँपालिका वडा नं ४ जलजलाकाका १६ वर्षीय विमल थापाको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार दिउसो बडिगाडको लब्दीखोलाको भिरमा घाँस काट्न गएका थापा साँझ सम्म पनि घर नर्फ्िकएपछि आफ्न्तले खोजी गर्दा लब्दीखोला छेउमा घाइते अवस्थामा भेटिएका थिए ।
घाइते थापालाई आमा जमुना थापाले उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगेको भएपनि मंगलबार विहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरिक्षक राजेन्द्र भुजेलले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन र घाँस काट्न गएका उनी कोईरलको रुखबाट लडेका थिए ।
गुल्मीमा भीरबाट लडेर एक महिलाको मृ*त्यु
गुल्मी चैत्र २५ । गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मगंलबार जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जै…
