रवि हिरासतमा सुतिरहेको तस्वीर बाहिरियो

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री ल…

रवि हिरासतमा सुतिरहेको तस्वीर बाहिरियो

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।

प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् ।

नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।

बोहराले फेसबूकमा लेखेका छन्- ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepak.r.bohara%2Fposts%2Fpfbid02N83y6sjb2UZ6EKSQ2VuJsrhSLqomFXHCzxQ2nBJKozado5fzs81rwZcBstYkAcU4l&show_text=true&width=500