दुर्गा प्रसाईँलाई रिहा गर्न सर्वोच्चको आदेश ​

सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश गरेको छ । शुक्रबार व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईँलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हा…

दुर्गा प्रसाईँलाई रिहा गर्न सर्वोच्चको आदेश ​

सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश गरेको छ । शुक्रबार व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईँलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।