कोरोना संक्रमित बाग्लुङकी किशोरीलाई मुख्यमन्त्रीले भने मन दह्रो पार्नुस्

पोखरा चैत्र २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरी सान्त्वना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गर्नुभएको…

कोरोना संक्रमित बाग्लुङकी किशोरीलाई मुख्यमन्त्रीले भने मन दह्रो पार्नुस्
पोखरा चैत्र २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरी सान्त्वना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गर्नुभएको छ । मन दह्रो बनाउनुहोस् । उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन् । मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे । अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु, मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई फोन गर्दै दिएको आश्वासन उद्धृत गर्दै उहाँको सचिवालयले भन्यो । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन् । कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री गुरुङले अझै तीन चार पटक कोरोनाको परीक्षण गर्नुपर्ने र पूर्ण रुपमा नेगेटिभ भएको सुनिश्चित भएपछि मात्रै घर जान उनलाई सुझाव दिनुभएको छ ।