बडिगाड गाउँपालिकाकी अध्यक्ष थापा शी लिड्स आइकन अवार्डबाट सम्मानित

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी 'शी लिड्स आइकन अवार्ड' बाट सम्मानित भएकी छिन् ।देशभरका महिला जनप्रतिनिधिमध्येबाट उनले सो अवार्ड प्राप्त गरेकी हुन् । उक्त अवार्डका लागि देशभरका स्थानीय तहबाट एक सय ४० जनाको आवेदन परेको थियो । जसमध्ये निर्णायक मण्डलले २७ प्रेरणादायी…

बडिगाड गाउँपालिकाकी अध्यक्ष थापा शी लिड्स आइकन अवार्डबाट सम्मानित

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी 'शी लिड्स आइकन अवार्ड' बाट सम्मानित भएकी छिन् ।देशभरका महिला जनप्रतिनिधिमध्येबाट उनले सो अवार्ड प्राप्त गरेकी हुन् ।

उक्त अवार्डका लागि देशभरका स्थानीय तहबाट एक सय ४० जनाको आवेदन परेको थियो । जसमध्ये निर्णायक मण्डलले २७ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरी उत्कृष्ट तीन जनालाई ‘आइकन’ घोषणा गरेको हो ।

शी लिड्स आइकन अवार्डबाट बडिगाड गाउँपालिका अध्यक्ष थापासहित गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा र सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी पनि सम्मानित भएका छन् ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गरे ।

‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै कल्प इम्पावर वेमेन नेपालले अवार्डसहित सम्मान गरेको हो ।

महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवद्र्धन गर्न प्रदान गरिने अवार्डले स्थानीय तहका जनप्रतिनिधिको भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।