रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । सम्भवतः आजै आदेश आउने अदालत स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै…

रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

सम्भवतः आजै आदेश आउने अदालत स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइरहेका छन् । रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथि थुनछेक बहस भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा छन् ।