८४ दिनमा रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्त…

८४ दिनमा रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् ।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो ।