रवि लामिछानेको बयान आज नसकिए हिरासतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अदालत खुल्नु अगावै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको थुन छेक बहस जारी रहेको छ । अदालतले कास्की जिल्ला अदालतझै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान न…

रवि लामिछानेको बयान आज नसकिए हिरासतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अदालत खुल्नु अगावै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको थुन छेक बहस जारी रहेको छ । अदालतले कास्की जिल्ला अदालतझै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी आज हिरासतमा रहने छन् ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।

जिल्ला प्रहरी कास्कीको हिरासतमुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् । अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन पुगेका हुन । उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।