चार क्विन्टल बढी रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौँको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ । आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरीको भनाइ छ । रक्तचन्दनसहित दुई जना पक्राउ पनि…

चार क्विन्टल बढी रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौँको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरीको भनाइ छ ।

रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरूको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।