निकोलस भुसालविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ । शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्र…

निकोलस भुसालविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ ।

यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।