हर्क साम्पाङको ‘रित्तो गाग्री’ प्रहरीले खोस्यो, सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

रित्तो गाग्री लिएर सिंहदरबार जाने प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ । मेयर साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै मंगलबार बिहान खाली गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपछि गाग्री खोसिएको ह…

हर्क साम्पाङको ‘रित्तो गाग्री’ प्रहरीले खोस्यो, सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

रित्तो गाग्री लिएर सिंहदरबार जाने प्रवेश गर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री खोसिएको छ ।

मेयर साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै मंगलबार बिहान खाली गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपछि गाग्री खोसिएको हो ।

उनलाई भने सिंहदरबार प्रवेश दिइएको छ । मेयर साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउन आफू रित्तो गाग्री बोकेर आफू काठमाडौं आएको बताए । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारले बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर आउनुपरेको उनको भनाइ छ ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौँ आएका थिए । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।