रवि लामिछानेमाथिको थुनछेक बहस जारी

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैम…

रवि लामिछानेमाथिको थुनछेक बहस जारी

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए । आज बाँकी रहेका वकिलले बहस गर्नेछन् । रविको पक्षमा नाम टिपाएका वकिलहरूको बहस सकिएपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।