महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाद्वारा घरेलु फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरे…

महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाद्वारा घरेलु फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् ।

राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरूले गार्ड अफ अनर प्रदान गरेका थिए ।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।