भिमगिठेमा कोरोनाको र्यापिड टेष्ट : क्वारेन्टाईनका २ जनालाई घर पठाईयो

सागर भण्डारी, चैत्र २९ बाग्लुङ । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा कोरोनो भाइरस ( कोभिड १९) को द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु भएसगैं आज बडीगाड गाउँपालिकाको वडा नं ७ मा पनि परिक्षण गरिएको छ । भिमगिठे स्वास्थ्य चौकिमा बडिगाड गा.पा.अ…

भिमगिठेमा कोरोनाको र्यापिड टेष्ट : क्वारेन्टाईनका २ जनालाई घर पठाईयो
सागर भण्डारी, चैत्र २९ बाग्लुङ । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा कोरोनो भाइरस ( कोभिड १९) को द्रुत परीक्षण र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु भएसगैं आज बडीगाड गाउँपालिकाको वडा नं ७ मा पनि परिक्षण गरिएको छ । भिमगिठे स्वास्थ्य चौकिमा बडिगाड गा.पा.अन्तर्गत रहेका वडा.न.६,७,८,९ र १० मा चैत्र महिनामा बिदेश बाट आएका ५३ जना व्यक्तिको कोरोना भाईरसको RDT Test सम्पन्न भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ । जसमा पुरुष ४४ जना र महिला ९ जना रहेका छन । जसमध्ये बडिगाड गा.पा.वडा.न.७ का १२ जना, बडिगाड ६ बाट ७ जना, बडिगाड ८ बाट ६ जना, बडिगाड ९ बाट ८ जना र बडिगाड १० बाट २० जना गरि जम्मा ५३ जनाको टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । बडिगाड गा.पा.वडा.न.७ ले निर्माण गरेको क्वारेन्टाइनमा रहेका दुई जनाको समेत रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई आजै घर पठाईएको छ । लकडाउनको पालना गर्न गराउन र सचेत रहन बडिगाड गाउँपालिका वडा.न.७ को कार्यालय सबैमा हार्दिक अनुरोध गरेको छ । वैदेशिक रोजगारीबाट चैत्र महिनामा गाउँपालिकामा भित्रिएकाहरुको तथ्याङ्क सकंलन गरी परिक्षण गरिएको उहाँले बताउनुभयो । बिहिवारदेखि शुरु भएको ¥यापिड टेष्टका लागि चार वटा टोली बनाएर जिल्लाका सबै स्थानीय तहमा परिचालन गरिएको छ । बागलुङ जिल्लाका १० वटै पालिकामा शुक्रबारदेखि परीक्षण सुरु भएको छ । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय बढिको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ ।