बाग्लुङमा क्वारेन्टाइनमा बसेकालाई मह दिएर बिदाई

बाग्लुङ,चैत्र २९ । बरेङ गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ४ जनालाई महसहित बिदाई गरेको छ । गाउँपालिकाले निर्माण गरेको सर्वाेदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १९ दिन बसेका चार जनालाई १ १ केजी मह, सर्जिकल मास्क, प्रशंसा पत्र सहित बिदाई गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा…

बाग्लुङमा क्वारेन्टाइनमा बसेकालाई मह दिएर बिदाई
बाग्लुङ,चैत्र २९ । बरेङ गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ४ जनालाई महसहित बिदाई गरेको छ । गाउँपालिकाले निर्माण गरेको सर्वाेदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १९ दिन बसेका चार जनालाई १ १ केजी मह, सर्जिकल मास्क, प्रशंसा पत्र सहित बिदाई गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । भारतबाट आएका उनीहरुलाई गाउँपालिले क्वारेन्टानमा राखेको थियो । स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको अध्यक्ष शर्माको भनाई छ । गाउँपालिकाले उनीहरुलाई महसहित सर्जिकल मास्क, प्रशंसा पत्रले विदाई गरिएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरु खान प्रेरित गर्दै महसहित उनीहरुलाई बिदाई गरेको उहाँको भनाई छ । उनीहरु गौरीफन्टा नाका हुँदै चैत्र ११ गते पाल्पा आएका थिए । पाल्पामा १६ गतेसम्म क्वारेन्टिनमा बसेर चैत्र १६ गते बरेङ आएका थिए ।