नयाँ वर्षको स्वागत अप्ठ्यारो परिस्थितिमाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको उल्…

नयाँ वर्षको स्वागत अप्ठ्यारो परिस्थितिमाः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले पारिश्रमिक नलिने घोषणा पनि गर्नुभएको छ । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय उहाँले गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले मिलेर गर्नुपर्नेमा जोड दिनुभएको छ । भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिनुपरेको उहाँले उल्लेख गर्नुभयो । ‘तपाईंहरूका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’ प्रधानमन्त्री ओलीले दिएको सन्देशमा भन्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको उल्लेख गर्दै हरेक दुःखका पलहरुमा नागरिकबाट हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएको बताउनुभयो । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त रहेको उहाँको भनाइ छ । विगतमा भूकम्पको अफ्ठ्यारो अबस्थामा नेपालीले देखाएको एकता र सहासबाट सो भूकम्पको प्रभावबाट उठ्न सफल भएको दृष्टान्त दिदै कोरोना विरुद्धको लडाइँमा पनि एक हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।