कांग्रेस नेता विश्वकर्माविरुद्ध मेयर साम्पाङले दिए अख्तियारमा उजुरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मामाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । एक टेलिभिजन अन्तर्…

कांग्रेस नेता विश्वकर्माविरुद्ध मेयर साम्पाङले दिए अख्तियारमा उजुरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विश्वकर्मामाथि कारबाही माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा विश्वकर्माले एडीबीबाट ऋण तथा अनुदान लिएर धरानमा खानेपानी आयोजना बनाएको कुरा विश्वकर्माले उल्लेख गरेको र उक्त अन्तर्वार्तामा उल्लेख गरेकोजस्तो रकम आएको नदेखिएको वा हिनामिना भएको देखिने विषय मा मेयर साम्पाङले विश्वकर्माविरूद्ध अख्तियारमा उजुरी दिएका हुन् ।