रक्षामन्त्री सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान माइतीघरमा रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुवै पक्षब…

रक्षामन्त्री सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर

 रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

आइतबार बिहान माइतीघरमा रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।

रक्षामन्त्री सिंहदरबार जाने क्रममा गाडीले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएको हो ।