संसद भवन भत्काएर देखाउन बालेनलाई सांसद अमरेश सिंहको चुनौति

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न…

संसद भवन भत्काएर देखाउन बालेनलाई सांसद अमरेश सिंहको चुनौति

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गरे । उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए ।

उहाँले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिए । ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो शैली चल्दैन । यो कानून र न्याय नभएको देश हो’ उनले भने ।

उनले बालेन शाहलाई गरिब मधेशीलाई कुटेर नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी पनि गरे ।