एलिना चौहानलाई सम्हाल्दै गायिका रचना रिमाल

चर्चित गायिका रचना रिमालले गायिका एलिना चौहानलाई साथ दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत रचनाले एलिनासँगको दिदीबहिनी सम्बन्ध, सहकार्य, र आपसी आत्मीयताको बारेमा खुलेर कुरा गरेकी छन्। रचनाले एलिनासँगको सम्बन्धबारे लेख्दै भनेकी छिन्, हाम्रो चिनजान त हामी सांगीतिक क्षेत्रमा प्रवे…

एलिना चौहानलाई सम्हाल्दै गायिका रचना रिमाल

चर्चित गायिका रचना रिमालले गायिका एलिना चौहानलाई साथ दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत रचनाले एलिनासँगको दिदीबहिनी सम्बन्ध, सहकार्य, र आपसी आत्मीयताको बारेमा खुलेर कुरा गरेकी छन्।

रचनाले एलिनासँगको सम्बन्धबारे लेख्दै भनेकी छिन्, हाम्रो चिनजान त हामी सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामी थोरै समय मात्रै अगाडि–पछि यो क्षेत्रमा आएका हौं। उनले आफ्नो सहकार्यको क्रममा एलिनासँग गहिरो सम्बन्ध बनेको बताइन्।

एलिनाको वैवाहिक जीवन र त्यसपछिको अवस्थाबारे संकेतमै कुरा गर्दै रचनाले विवाहको दिनको भावुक क्षण स्मरण गरेकी छन्। उनले भनेकी छिन्, बिहेघरबाट अन्माउँदा किन हो म एकदम भावुक भएकी थिएँ। तपाईंलाई अँगालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो।

अस्ट्रेलिया बसाइपछि एलिनाले भोगेका कठिनाइबारे आफूले अनुभव गरेको बताउँदै रचनाले लेखेकी छन्, तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा म आफैंलाई पीडा महसुस हुन्थ्यो।

अन्ततः एलिनाले ठूलो आँट गरेर नयाँ निर्णय लिएको उल्लेख गर्दै रचनाले उनलाई खुलेर समर्थन जनाएकी छन्। उनले भनेकी छिन्, अब तपाईंलाई मनबाट नै हासेको हेर्न पाउने ठूलो आशा छ।

गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद अदालतले टुंगो लगाएको छ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो। उनीहरुको वैवाहिक सम्बन्ध एक वर्ष पनि टिक्न सकेन। एलिनाका दाइ प्रल्हाद चौहानले पनि फेसबुक मार्फत सम्बन्धविच्छेदको पुष्टि गरेका छन्। यसैगरी एलिनाले पनि यसलाई पुष्टि हुनेगरी एउटा भावुक सन्देश फेसबुकमा लेखेकी छन्।