सागर भण्डारी,वैशाख १ । नेपाल शिक्षक महासघं गुल्मीले शिक्षकहरुले आफ्नो २ दिन बराबरको तलब सम्बन्धीत स्थानीय तहमा रहेको राहत कोषमा जम्मा गर्न अनुरोध गरेको छ । महासघंका अध्यक्ष हिरासिहं राकसकोटीद्धारा आज जारी गरिएको अपिलमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले कम्तिमा दुई दिनको तलब सम्बन्धित गाउँपालिका वा नगरपालिकामा गठित राहत कोषमा जम्मा गर्न आग्रह गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सिर्जना भएको विषम परिस्थितिमा जिल्लामा रहेका शिक्षकहरुका पेशागत सगंठनका प्रमुखहरुसगंको भिडियो कन्फरेन्स मार्फत यस्तो निर्णय गरिएको बताईएको छ । साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट विश्वभर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको अध्यक्ष सराङ्कोटीले जानकारी दिनुभयो । साथै विषम परिस्थितिलाई जित्न सक्ने शक्ति प्रदान होस भनी महासघंले नयाँ वर्षको शुभकामना समेत व्यक्त गरेको छ ।
गुल्मीका शिक्षकहरुले २ दिनको तलब राहत कोषमा दिने
सागर भण्डारी,वैशाख १ । नेपाल शिक्षक महासघं गुल्मीले शिक्षकहरुले आफ्नो २ दिन बराबरको तलब सम्बन्धीत स्थानीय तहमा रहेको राहत कोषमा जम्मा गर्न अनुरोध गरेको छ । महासघंका अध्यक्ष हिरासिहं राकसकोटीद्धारा आज जारी गरिएको अपिलमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले कम्तिमा दुई दिनको तल…
