चट्याङ लागेर बाग्लुङमा तीन जना घाइते

बाग्लुङ,वैशाख २ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा मंगलबार विहान ३ बजेको परेको चट्याङले लागेर ३ जना घाइते भएका छन् ।रेशको कुँवर थरमा रहेको २४ वर्षीया पवित्रा कुँवरको घरमा परेको चट्याङले लागेर कुँवर सहित उहाँका ८८ वर्षीय ससुरा लाल बहादुर कुँवर र पवित्राका साडे २ वर्षका छोरा टि…

चट्याङ लागेर बाग्लुङमा तीन जना घाइते
बाग्लुङ,वैशाख २ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा मंगलबार विहान ३ बजेको परेको चट्याङले लागेर ३ जना घाइते भएका छन् ।रेशको कुँवर थरमा रहेको २४ वर्षीया पवित्रा कुँवरको घरमा परेको चट्याङले लागेर कुँवर सहित उहाँका ८८ वर्षीय ससुरा लाल बहादुर कुँवर र पवित्राका साडे २ वर्षका छोरा टिका कुँवर घाइते हुनुभएको हो । उहाँहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था समान्य रहेको छ । चट्याङले कुँवरको घरको ढोका र छानोमा पूर्ण रुपमा क्षती पुगेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । आदर्श सञ्चार अनलाईनबाट