नेपाललाई हराउँदै म्यानमारले जित्यो फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि आज (बुधवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो । ६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गो…

नेपाललाई हराउँदै म्यानमारले जित्यो फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि आज (बुधवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो ।

६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारेकी थिइन् ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका थिए ।