हरि पाठक, गुल्मी वैशाख ३ । गर्भवती महिलालाई अस्पताल छाडेर फर्कदा यात्रु बोकेर हिँड्ने एम्बुलेन्स पाल्पा प्रहरीले मंगलवार नियन्त्रण लिएको छ । मङ्गलबार बाग्लुङको खौलारबाट पाल्पाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा डेलिभेरी केश लिएर गएको र सुत्केरी महिलालाई अस्पतालमै छोडेर सोही स्थानबाट गुल्मी मुसिकोट फर्कदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्समा ८ जना यात्रु सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ स्थित निस्ती बडिगाढ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एम्बुलेन्सले एक जना बिरामी सहित ८ जना यात्रु बोकेर गुल्मीको मुसिकोट आउने क्रममा तानसेनको होलाङ्दीमा चेकजाँच गर्दा यात्रुु बोकेको पाल्पा प्रहरीले फेला पारेको थियो । एम्बुलेन्समा सवार अन्य यात्रुलाई होलाङ्दीबाटै घर फर्काइएको र विरामी सहित एम्बुलेन्सलाई छोडिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
चालकले नबलपरासीको काउसेदीदेखि एकजना बिरामी, बालबालिका र महिलाहरूलाई एम्बुलेन्समा राखेर ल्याएको रिडी प्रहरी समक्ष स्वीकारेका छन् । रिडी प्रहरी गुल्मीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई सवारी साधन अनुमति कार्यविधि २०७६ बिपरीत एम्बुलेन्स चलाएकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी चालकलाई सचेतना सहित आबश्यक कारवाही गरी बुधवार बिहान सामान्य जरिवानामा एम्बुलेन्स छाडिएको बताईएको छ ।
एम्बुलेन्सले एक जना बिरामी मात्र लिएर गएको प्रहरीले जनाएको छ । यस्ता घटना बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानिलाई बढाएको बताएको छ । बन्दाबन्दी अर्थात् लकडाउनको समयमा विभिन्न बहानामा पछिल्लो समय अनुमति बिना एम्बुलेन्सले यात्रु तथा चरेश गाँजासहित लागुपदार्थ लगाायतका सामाग्री बोकेर ओसारपसार गर्ने घटनाका गतिबिधी बढेको भन्दै प्रहरीले देशभर एम्बुलेन्सलाई पनि कडाईका साथ अनुसन्धानमा तिब्रता दिएको छ ।
यात्रु बोकेर हिँड्ने मुसिकोटको ऐम्बुलेन्स प्रहरी फन्दामा
हरि पाठक, गुल्मी वैशाख ३ । गर्भवती महिलालाई अस्पताल छाडेर फर्कदा यात्रु बोकेर हिँड्ने एम्बुलेन्स पाल्पा प्रहरीले मंगलवार नियन्त्रण लिएको छ । मङ्गलबार बाग्लुङको खौलारबाट पाल्पाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा डेलिभेरी केश लिएर गएको र सुत्केरी महिलालाई अस्पतालमै छोडेर…
