झेँदीमा निर्माणाधिन पक्की पुल फेरी भत्कियो

वैशाख ३ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा न। ७ र ३ जोड्ने बडीगाड खोलामा निर्माणाधीन पक्की पुल पुन भत्किएको छ । पुल गत वर्ष पनि निर्माणकै क्रममा भत्किएको थियो । पुल भत्किएको यो दोस्रो पटक हो । गत बर्ष ढलालकै क्रममा भत्किएको झेदीमा रहेको पुल फेरि बाढीका कारण भत्किएको बताईएको…

झेँदीमा निर्माणाधिन पक्की पुल फेरी भत्कियो
वैशाख ३ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा न। ७ र ३ जोड्ने बडीगाड खोलामा निर्माणाधीन पक्की पुल पुन भत्किएको छ । पुल गत वर्ष पनि निर्माणकै क्रममा भत्किएको थियो । पुल भत्किएको यो दोस्रो पटक हो । गत बर्ष ढलालकै क्रममा भत्किएको झेदीमा रहेको पुल फेरि बाढीका कारण भत्किएको बताईएको छ । सो पुल भत्किएको पुल आठ महिनापछि निर्माण थालिएको थियो । मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोडने पुल गतवर्ष पनि १ बैशाखमा भत्किएको थियो । पुल गएको चैत मसान्तमा तल्लो ढलाई गरिएको थियो । बुधबार बडिगाड खोलामा ठूलो बाढि आएकाले पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । त्यस्तै आफुलाई १० मिनेट बाढि रहे पुल नरहने खबर आएकाले नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ । पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको हो । अहिले पुल निर्माणको सम्पूर्ण जिम्मा पुर्वाधार विकास कार्यालयको रहेको छ । सम्झौता अनुसार ०७५ असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपथ्र्यो । एक बर्ष म्याद थप भयो । गत बर्ष भत्किएकाले अहिले जेठ मसान्तसम्मको पुन म्याद थप भएको छ । पाँच करोड १७ लाखको लागतका निर्माण हुने पुल ५५ मिटर लामो रहेको छ ।