दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजिव गुरूङलााई २० प्रतिशत कैद छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको जेल सजाय १ वर्ष घट्नेछ। मनाङले मु…

दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

 गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजिव गुरूङलााई २० प्रतिशत कैद छुट हुने भएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। 

२० प्रतिशत छुट पाउँदा मनाङेको जेल सजाय १ वर्ष घट्नेछ। 

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।