जबरजस्ती करणी मुद्दामा सात किशोर पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा सात जना किशोरहरु पक्राउ गरेको छ । गत माघ महिनाको ६ गते बिहान ८ः३० बजेको समयमा जिल्ला हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको ह…

जबरजस्ती करणी मुद्दामा सात किशोर पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा सात जना किशोरहरु पक्राउ गरेको छ । गत माघ महिनाको ६ गते बिहान ८ः३० बजेको समयमा जिल्ला हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते हेटौंडाको विभिन्न स्थानहरुमा बस्ने आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरहरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।