मुसिकोटमा सक्रंमित युवतीसगैं आएका थप १ जनाको पहिचान

विष्णु प्रसाद आचार्य /सागर भण्डारी,वैशाख ५ गुल्मी । गत चैत ४ गते दोहाबाट कतार एयरवेज मार्फत काठमाडौ आएका यात्रुहरु मध्ये थप १ जना मुसिकोट नगरपालिका भित्रका रहेको पहिचान भएको छ । सोहि एयरवेजबाट काठमाडौ आएकी १९ वर्षिया छात्रामा कोरोना संक्रमण पुष्टि भएपछी सो प्लेनमा काठमाडौ आउने या…

मुसिकोटमा सक्रंमित युवतीसगैं आएका थप १ जनाको पहिचान
विष्णु प्रसाद आचार्य /सागर भण्डारी,वैशाख ५ गुल्मी । गत चैत ४ गते दोहाबाट कतार एयरवेज मार्फत काठमाडौ आएका यात्रुहरु मध्ये थप १ जना मुसिकोट नगरपालिका भित्रका रहेको पहिचान भएको छ । सोहि एयरवेजबाट काठमाडौ आएकी १९ वर्षिया छात्रामा कोरोना संक्रमण पुष्टि भएपछी सो प्लेनमा काठमाडौ आउने यात्रुहरुहरुको खोजि थालिएको थियो । यसैक्रममा उक्त एयरवेज मार्फत आएका यात्रु मध्ये मुसिकोट नगरपालिका भित्र आएका ३ जनाको पहिले पहिचान भईसकेको थियो भने थप एक जना मुसिकोट नगरपालिका वडा नं ३ साविकको वगाडाउँ ८ तोलादीका एक व्यक्तिको पनि आएको पहिचान भएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाईएपनि कडा निगरानीमा राखिएको उहाँको भनाई छ । त्यस्तै सतर्कता अपनाउन परिवार तथा गाउँका समुदायसँग घुलमिल नगर्न आग्रह गर्दे घरमा होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उनको स्वाव सकंलन गरि परिक्षणका लागि पठाउने तैयारी पनि भईरहेको उहाँले जानकारी दिनुभयो । यस अगाडी पहिचान भएका ३ जनाको सुचीमा उनी नरहेको र प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट उक्त ऐरवेजमा मुसिकोटका पनि आएको भन्ने खबर पाउनसाथ उनको पासपोट र टिकट जाँचका आधारमा खोजी गरि उनलाई क्वारेन्टाईनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो । अब सुरक्षित छौँ की भन्ने अवस्थामा फेरी त्यही जहाजमा आएका व्यक्तिको पहिचान भएसगैं फेरी थप सन्त्रास छाएको भएपनि उनको अवस्था सामान्य रहेकाले नआत्तिन नगरबासीलाई उहाँले आग्रह गर्नुभएको छ ।