राजावादी प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड

काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् । देशमा गणतन्त्रको स्थापना भइसकेपछि जनताको दैनिकी झनै कष्टकर बन्दै गएको भन्दै राजावादहरूले प्रद…

राजावादी प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड

काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।

देशमा गणतन्त्रको स्थापना भइसकेपछि जनताको दैनिकी झनै कष्टकर बन्दै गएको भन्दै राजावादहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले राजसंस्थाको पुन स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राजावादीहरू पुरानै राज्य फर्काउँछु र नेपालमा हिन्दु अधिराज्य सहितको राजतन्त्र पुन स्थापित गर्छौँ भनेर आन्दोलनमा उत्रिएका छन् ।

राजावादी पक्षको प्रदर्शन नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।