नजरबन्दमा रहेका नवराज सुवेदीलाई के-के मा छ बन्देज ?

राजसंस्था पुनर्स्थापना अभियानको संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् ।राजावादीहरूले गरेको आन्दोलन अशान्तिपूर्ण बनेपछि सुवेदीलाई सरकारले आफ्नै घरभित्र नजरबन्द गरिदिएको हो ।उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउ…

नजरबन्दमा रहेका नवराज सुवेदीलाई के-के मा छ बन्देज ?

राजसंस्था पुनर्स्थापना अभियानको संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् ।

राजावादीहरूले गरेको आन्दोलन अशान्तिपूर्ण बनेपछि सुवेदीलाई सरकारले आफ्नै घरभित्र नजरबन्द गरिदिएको हो ।

उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउमा हिँडडुल गर्न कडाइ गरिएको छ भने फोटो खिच्न रोक लगाइएको छ ।

गुह्येश्वरी हाइटमा रहेको नवराजको घरमा अहिले ६ जना बस्छन् । तीनजना परिवारका सदस्य (नवराज, उनकी पत्नी र छोरा) हुन् भने अन्य तीन नजिकका आफन्त हुन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ ।

पारिवारिक स्रोतले भन्यो, ‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’

सुवेदीले आफ्नो मोबाइल फोन प्रयोग गर्न पाएका छैनन् । प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको पारिवारिक स्रोतले बतायो । घरको इन्टरनेट भने काटिएको छैन ।

नजरबन्दमा भएदेखि पार्टी र अभियानका नेताहरुसँग नवराजको सम्पर्क लगभग विच्छेद भएको छ । केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

नवराजका छोराले कनक सुवेदीले बुवाआमाको स्वास्थ्य हेरविचार गर्ने गरेका छन् । उमेरले ९० छुन आँटे पनि नवराज शारीरिक र मानसिकरूपमा सबल नै छन् । आफ्नै जीवनकालमा राजसंस्था फर्किन्छ भन्नेमा उनी आशावादी रहेको निकटस्थ स्रोतहरू बताउँछन् ।