बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोना जितेर घर फर्किईन्

कोभिड १९ को संक्रमण भएर अस्पता भर्ना भएकी बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छन् । उनी नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन् । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शन…

बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोना जितेर घर फर्किईन्
कोभिड १९ को संक्रमण भएर अस्पता भर्ना भएकी बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छन् । उनी नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन् । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको हो । यसअघि नेपालकी दोस्रो संक्रमित काठमाडौंकी युवती प्रशिद्धि श्रेष्ठ पनि कोरोना संक्रमण हटेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनमा डिस्चार्ज भएकी छन् । बिहीबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्टसमेत नेगेटिभ आएकाले कोरोनाको संक्रमण सकिएको पुष्टि भइसकेको छ । उनी नेपालकै छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिएको हो । धौलागिरि अञ्चल अस्पतालका अनुसार, कोरोना संक्रमण निको भएपनि उनले केही दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । उनी नेपालमा कोरोनालाई जितेर ठीक हुने तेस्रो व्यक्ति भएकी छन् । थाहा खबरमा तारानाथ आचार्यले यो समाचार लेख्नुभएको छ ।