राजावादी आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुग्यो

काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ । १५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरुमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर र…

राजावादी आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुग्यो

काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ ।

१५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरुमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणासहित ४१ जनालाई पक्राउ गरेको थियो । त्यसपछि पनि विभिन्न ठाउँहरूबाट थप व्यक्ति प्रहरीले निरन्तर पक्राउ गरेको थियो ।

अहिलेसम्म ६७ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

यो प्रदर्शनका मुख्य व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने भने अहिलेसम्म फरार छन् ।