रवि लामिछाने कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने…

रवि लामिछाने कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने पक्राउ परेका थिए । अदालतको आदेश लगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरी शनिबार बिहान जहाजबाट भैरहवा पुर्‍याएको थियो ।

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।