वैशाख ७ कैलाली । नेपालमा कोरोना सक्रंमितको संख्या बढिरहेका बेला निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्न थालेको छ । अहिलेसम्म ३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई सामान्य जीवनमा फर्किएका छन् । यो नेपालको लागि खुसीको खबर हो ।
यसैबीच कोरोना सक्रंमित अर्का युवाको पनि स्वाव नेगेटिभ आएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका छन् । गत चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
डाक्टर जगदिश जोशीले युवकमा कोरोनाको रिपोर्ट २४ घण्टाभित्र लगातार दुई पटक नेगेटिभ आएको जानकारी दिनुभयो । २४ घण्टाको अन्तरालमा परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आएकाले आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । १४ दिन क्वारेन्टाईन र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन् । नेपालमा कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन् । शनिवार मात्रै काठमाण्डौमा उपचाररत एक युवती र बाग्लुङकी ६५ वर्षीया वृद्धा पनि कोरोना सक्रंमणलाई जितेर घर फर्किसकेका छन् । सेतोपाटी
धनगढीका युवाले पनि जिते कोरोना घर फर्किँदै
वैशाख ७ कैलाली । नेपालमा कोरोना सक्रंमितको संख्या बढिरहेका बेला निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्न थालेको छ । अहिलेसम्म ३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई सामान्य जीवनमा फर्किएका छन् । यो नेपालको लागि खुसीको खबर हो । यसैबीच कोरोना सक्रंमित अर्का युवाको पनि स्वाव…
