प्रदेश ५ सरकारले ६ दिन सार्वजनिक विदा दिने

रुपन्देही,वैशाख १० । प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकम जिल्ला विपद व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले यो निर्णय गरेको हो । प्रदेश ५ को मन्त्रिपरिषदको कार्यालयका…

प्रदेश ५ सरकारले ६ दिन सार्वजनिक विदा दिने
रुपन्देही,वैशाख १० । प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकम जिल्ला विपद व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले यो निर्णय गरेको हो । प्रदेश ५ को मन्त्रिपरिषदको कार्यालयका अनुसार, विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये तराईका जिल्लालाई रु. ८ लाख र पहाडी जिल्लालाई रु. ५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी प्रदेशले प्रदेशभित्र एक वर्षमा ६ दिन विदा दिने निर्णय गरेको छ । जस अनुसार बकरइद, १ र २ माघमा माघी विदा, ३ फागुनमा प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रिय विदाभन्दा प्रदेश ५ मा यो थप विदा हो । त्यसैगरी स्थानीय तहले स्थानीय तहको निर्णयबाट हुने गरी एक दिन विदा दिनसक्ने व्यवस्था गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँ अनुसार भूमिपूजा रुकुम र रोल्पामा, बडकवा अतवारी थारु समुदायलाई र भगवती जात्रामा पाल्पा जिल्लामा सार्वजनिक विदा दिइने छ । (स्रोत : हिमाल खबर पत्रिका)