महेन्द्र कौशल,गुल्मी बैशाख १० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोविड(१९) को सक्रंमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका विपन्न परिवारलाई भोकै बस्न नपरोस भने रोटरी क्लव सेन्ट्रल रुपन्देहीले मुसिकोट नगरपालिकामा राहत सामाग्री वितरण गरेको छ ।
लकडाउनका कारण विशेष गरी दैनिक मजदुरी गर्ने वर्ग प्रभावित बनेको भन्दै क्लवले मुसिकोट नगरपालिका वडा नम्बर ५ भित्र कुनै पनि परिवारमा खाद्यान्न संकट नपरोस भनेर झण्डै साढे ४ क्विन्टल चामल र ५० किलो दाल हस्तान्तरण वितरण गरेको हो । क्लबले अन्य धेरै खाद्यान्न संकट परेको ठाउँमा खाद्यान्न पुर्याइरहेको छ । त्यस्तै गरि राधाकृष्ण मन्दिर मुसिकोट नगरपालिका ५ इन्द्रेगौंडामा पनि ५० किलो चामल, चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा पनि ४ क्वीन्टल चामल र ५० किलो दाल र सोही गाउँपालिका कै चिउरीका सिद्धबाबा धाममा १ क्यिन्टल चामल हस्तान्तरण गरेको क्लबका अध्यक्ष सुरज खेरेलले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाको इन्द्रगौंडामा रहेको बरदाम स्वास्थ्य चौकीको लागि ल्याब, आवश्यक बेड र संभव भएसम्म एक्सरे मेसिन पनि सहयोग गर्ने प्रतिबद्धता क्लबका अध्यक्ष खरेलले गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा रोटरी क्लब सेन्ट्रल रुपन्देहीका अध्यक्ष सुरज खरेल, सदस्य अर्जुल पौडेल र कुशल पौडेल र सहयोगी सुदिप थापा, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा र वडा न.५ का वडाअध्यक्ष भागिरथ खरेल लगायतको सहभागीता रहेको थियो ।
राहत सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सदस्य धिरेन्द्र के.सी.,समाजसेवी रामजी भण्डारी ,विष्णु भण्डारी,खिमानन्द खराल, कलाधर अर्याल, रामप्रसाद अर्याल, पत्रकार महेन्द्र कौशल, मु.न.पा.६ काप्रे विद्यालयका प्र.हिमलाल भट्टराई, रिद्रावती होटलका संचालक छबि खरेल, अर्याल कपडा पसलका संचालक अर्जुन अर्यालको सहभागिता रहेको थियो ।
रोटरी क्लब सेन्ट्रल रुपन्देहीले मुसिकोटमा दियो राहत सामाग्री
महेन्द्र कौशल,गुल्मी बैशाख १० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोविड(१९) को सक्रंमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका विपन्न परिवारलाई भोकै बस्न नपरोस भने रोटरी क्लव सेन्ट्रल रुपन्देहीले मुसिकोट नगरपालिकामा राहत सामाग्री वितरण गरेको छ । लक…
