केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्, उडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो

भारतको उडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ । स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमि…

केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्, उडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो

भारतको उडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ । 

स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी  आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू  घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको उडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।     

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।  साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ।