निसीखोलामा वडा अध्यक्षले व्याक्तिगत पचास प्रतिशत भाडा छुटमा नागरीकलाई ल्याए गाउँ ।

छविलाल पाण्डे - निसीखोला गाउँपालिकाले आफनो पालिकाका नागरीकलाई घर फिर्ता ल्याएको छ । अध्ययन, रोजगारी, र ज्यालामजदुरी र औषधि उपचाका निम्ती देशका मुख्य शहर काठमान्डौ, पोखरा लगाएतका स्थानमा रहेका नागरीकलाई सवारीका प्रवन्ध गरेर गाउँ फिर्ता ल्याइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ब…

निसीखोलामा वडा अध्यक्षले व्याक्तिगत पचास प्रतिशत भाडा छुटमा नागरीकलाई ल्याए गाउँ ।
छविलाल पाण्डे - निसीखोला गाउँपालिकाले आफनो पालिकाका नागरीकलाई घर फिर्ता ल्याएको छ । अध्ययन, रोजगारी, र ज्यालामजदुरी र औषधि उपचाका निम्ती देशका मुख्य शहर काठमान्डौ, पोखरा लगाएतका स्थानमा रहेका नागरीकलाई सवारीका प्रवन्ध गरेर गाउँ फिर्ता ल्याइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनु भयो । लामो समयको लकडाउनका कारण खान बस्न समस्या भएको गुनासो बद्दै गएसँगै आफुहरुले ४ वटा बस पठाएर पालिकाका नागरीकलाई घर फिर्ता ल्याइएको अध्यक्ष पौडेलले बताउनु भयो । त्यसैगरी निसीखोला गाउँपालिका वडा नं.६ का निमित्त वडा अध्यक्ष हेमबहादर बुढामगरले पालिकाका ४५ बढि नागरीकलाई पोखराबाट पचास प्रतिशत भाडा आफुले तिरेर घर फिर्ता लिनु भएको छ । पोखरामा अलपत्र अवस्थामा रहेका उनिहरुलाई १२ सय भाडा लाग्ने गरेकोमा प्रति व्याक्ति ६ सय रुपैयाँका दरले आफुले भाडा तिरेर घर फिर्ता ल्याएको बताउनु भयो । समस्यामा परेका नागरीकको उद्धार गर्ने हामि जनप्रतिनिधीको दायित्व हो त्यसैले पालिका भरका ४५ बढि नागरीकको उद्धार गरेको उहाँले बताउनु भयो । त्यसैगरी आफनो वडामा बाहिरी क्षेत्रबाट आएका नागरीकलाई क्वारेन्टाइनमा राखिएको समेत उहाँले बताउनु भयो । वडामा आएका ३१ जनालाई हिँजोदेखि जनकल्याण मावि, तिलाचन मावि र ज्ञानज्वती प्राविको भवनमा क्वारेन्टाईनमा राखिएको छ । सबैसँग सरसल्लाह गरेर उनिहरुलाई कहिले घर फिर्ता गराउने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष बुढाले बताउनु भयो । उता गाउँपालिकाले समेत बाहिरी क्षेत्रबाट आएका नागरीकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरीएको र उनिहरुको तथ्याँक सँकलन गर्ने काम समेत अगाडी बढाइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको भनाई छ ।