अझै भेटिएन हेटौँडामा गुड्दा–गुड्दै सडकमा भासिएको गाडी

काठमाडौं । हेटौँडामा शुक्रवार गुड्दा–गुड्दै सडकमा भासिएको गाडी अझै भेटिएको छैन । हेटौँडाको गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको थियो । गाडी भासिएको ठाउँमा अहिले पानीको दह बनेको छ । तर, गाडी भने भेटिएको छैन । गाडीका चालक र सहच…

अझै भेटिएन हेटौँडामा गुड्दा–गुड्दै सडकमा भासिएको गाडी

काठमाडौं । हेटौँडामा शुक्रवार गुड्दा–गुड्दै सडकमा भासिएको गाडी अझै भेटिएको छैन ।

हेटौँडाको गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको थियो । गाडी भासिएको ठाउँमा अहिले पानीको दह बनेको छ । तर, गाडी भने भेटिएको छैन ।

गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

गाडी भासिएको ठाउँनजिकै माछा पालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।