बनारसमा मोदीको राजतिलक, दिइयो सन्तको उपाधि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र बनारसमा लोकसभा चुनाव परिणाम आउनुअघि भाजपा कार्यकर्ताहरूले उनको सांकेतिक राजतिलक कार्यक्रम आयोजना गरेका छन् । बनारसका अस्सी इलाकामा रहेको स्थिति मुमुक्षु भवनमा भएको कार्यक्रमा दण्डी संन्यासी र काशी विद्वत् परिषद्का सदस्यहरूले भाग…

बनारसमा मोदीको राजतिलक, दिइयो सन्तको उपाधि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र बनारसमा लोकसभा चुनाव परिणाम आउनुअघि भाजपा कार्यकर्ताहरूले उनको सांकेतिक राजतिलक कार्यक्रम आयोजना गरेका छन् । बनारसका अस्सी इलाकामा रहेको स्थिति मुमुक्षु भवनमा भएको कार्यक्रमा दण्डी संन्यासी र काशी विद्वत् परिषद्का सदस्यहरूले भाग लिए । त्यस क्रममा संन्यासीहरूले मोदीलाई सन्तको संज्ञा दिए । परिषद्का महासचिव आचार्य रामनारायण द्विवेदीले भने, ‘मोदी फेरि प्रधानमन्त्री हुने कुरामा कुनै सन्देह छैन । त्यसैले काशीमा उनको राजतिलक आयोजित गरिएको छ ।’ उनले मोदीलाई सन्तको उपाधि दिए र उनी जस्तो सन्तले मात्र केदारनाथको कठिन इलाकामा साधना गर्न सक्ने बताए । परिषद्ले काशी विश्वनाथ कोरिडोरलाई छिट्टै सक्न, अयोध्यामा राम मन्दिर बनाउने र संविधानको अनुच्छेद ३७० को अन्त्य गर्न र समान नागरिक संहिता लागू गर्न जोड दिए । संन्यासीहरूले प्रधानमन्त्री मोदीलाई आगामी कार्यकालका लागि राजतिलक गर्दा मिठाइ बनाउनेहरू एनडीएको जीतको उत्सवलाई पूर्णतया मनाउनका लागि जुटिरहेका छन् । एजेन्सी