नीति तथा कार्यक्रमलाई सांसदको बेवास्ता, प्रतिनिधि सभाका अधिकांश कुर्सी रित्तै

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ । सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् । प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरका…

नीति तथा कार्यक्रमलाई सांसदको बेवास्ता, प्रतिनिधि सभाका अधिकांश कुर्सी रित्तै

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ ।

सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् ।


प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेका छन् ।

तर, नीति तथा कार्यक्रमको छलफलमा सहभागिता भने निराशाजनक छ । संसद्का अधिकांश कुर्सी खाली छन् ।


सांसदहरूलाई नीति तथा कार्यक्रममाथिको छलफलमा अरूचि देखिएको छ । मंगलबार संसद् भवनका खाली कुर्सीले त्यही कुरा पुष्टि गरेका छन् ।