४० लाख बढी रकमसहित दुई जना पक्राउ 

काठमाडौंको न्युरोडस्थित विशाल बजारबाट हुण्डी कारोबारको ४० लाख ३२ हजारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि–१५ तीनथाना बस्दै आएक…

४० लाख बढी रकमसहित दुई जना पक्राउ 

काठमाडौंको न्युरोडस्थित विशाल बजारबाट हुण्डी कारोबारको ४० लाख ३२ हजारसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका–२३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि–१५ तीनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

विशाल बजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी एसपी बोहराले बताए ।