ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–२४ मखन गल्लीका दुुई घरमा लागेको आगो नियन्त्रणमा आएको छ । ग्यास चुहिएर भएको आगलागी भर्खरै नियन्त्रणमा आएको हो । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आ…

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–२४ मखन गल्लीका दुुई घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ग्यास चुहिएर भएको आगलागी भर्खरै नियन्त्रणमा आएको हो । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । शव परीक्षणका लागि वीर अस्पताल लगिएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो।