कालिदास खरेल,गुल्मी वैशाख १६ । दरमखोला लघु जलविद्युत परियोजना काँडेवास–अर्लाङ्कोट बाग्लुङ्ग,गल्मी पहिलोले बिद्युत कटौती समय परिवर्तन गरेको छ । नेपाल सरकारद्वारा जारि लक डाउनका कारण प्रत्यक्ष बैठक बस्न नमिल्ने देखिए पछि एकिकृत भिडियो संम्वाद मार्फत बैठकबसि परियोजनाले यस्तो निर्णय गरेको हो ।
केहि समय अगाडि दिनमा २२ घण्टा दिउँसो १ः०० बजे देखि ३ः०० बजे सम्म विद्युत कटौती गरि विद्युत दिने निर्णयलाइ परिवर्तन गरि आइतबार देखि दिनमा रातको ११ः०० बजे देखि ४ः०० बजे सम्म कटौती गरि बाँकी समय विद्युत प्रवाह गर्ने निर्णय गरेको छ ।
दिनमा विधुत सेवा कटौती ले गर्दा एस.ई.ई दिने विद्यार्थि लगायत अन्य विद्यार्थिलाई समेत शिक्षा मन्त्रालयले टेलिभिजन लगायत अन्य संचार माध्यमबाट दिने भनेको शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको परियोजनाका अध्यक्ष तुलनाथ कँडेलले बताउनुभयो । त्यस परियोजनाद्धारा मुसीकोट नगरपालिका वडा न ९ अर्लाङकोटका ३ सय घरधुरी बाग्लुङ्गको गल्कोट नगरपालिका ८ काँडेवासका १ सय घरधुरी गरी ४ सय घरधुरी उपभोक्ताहरुले उपभोग गर्दै आईरहेका छन् ।
दरमखोला लघु जलविद्युत परियोजना प्रथमको बिद्युत कटौती समय परिवर्तन
कालिदास खरेल,गुल्मी वैशाख १६ । दरमखोला लघु जलविद्युत परियोजना काँडेवास–अर्लाङ्कोट बाग्लुङ्ग,गल्मी पहिलोले बिद्युत कटौती समय परिवर्तन गरेको छ । नेपाल सरकारद्वारा जारि लक डाउनका कारण प्रत्यक्ष बैठक बस्न नमिल्ने देखिए पछि एकिकृत भिडियो संम्वाद मार्फत बैठकबसि परियोजनाले यस्तो निर्णय…
