सुनको मूल्य १७ सयले बढ्यो, तोलाको कति पुग्यो? 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । तोलामा एक हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार भने सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी मूल्य पनि…

सुनको मूल्य १७ सयले बढ्यो, तोलाको कति पुग्यो? 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । तोलामा एक हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार भने सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी मूल्य पनि बढेको छ । ३५  रुपैयाँले बढेर आज प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधवार १ हजार ९ सय ९० रुपैयाँ कायम भएको थियो ।