बागलुङमा प्रहरी विरुद्धै पर्यो आ*त्मह*त्या दुरु*त्साहन मु*द्दा

बागलुङ, १८ बैशाख । छोरीलाई आ*त्मह*त्या गर्न बाध्य पारिएको भन्दै मृ*तक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका छन् । सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान राकेश दवाडी विरुद् किटानी जाहेरी दिएको ढोरपा…

बागलुङमा प्रहरी विरुद्धै पर्यो आ*त्मह*त्या दुरु*त्साहन मु*द्दा
बागलुङ, १८ बैशाख । छोरीलाई आ*त्मह*त्या गर्न बाध्य पारिएको भन्दै मृ*तक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका छन् । सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान राकेश दवाडी विरुद् किटानी जाहेरी दिएको ढोरपाटन दैनिकमा रामकृष्ण बोहोराले समाचार लेख्नुभएको छ । जाहेरीमा प्रहरी जवान दवाडीले छोरी सम्झनालार्ई आ*त्मह*त्या गरी म*र्न दुरुत्सा*हन गरेकोले हदैसम्मको सजा*यको माग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. २ माझकोट आनन्द चौपारीस्थित डम्मर बहादुर सार्कीको घरमा डेरा गरी बस्दै आएकी सम्झना किसान मंगलबार बिहान कोठाको सिलिङमा फेन राख्न प्रयोग हुने फलामको कुल्लीमा झुण्डि*एको अवस्थामा फेला परेकी थिइन् । आ*त्मह*त्या गरेकी सम्झनाको कोठामा सुसा*इटनोट फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरि लेखिएको सुसा*इटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफुले आ*त्मह*त्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । आ*त्मह*त्या गर्नुपुर्व सम्झनाले प्रहरी प्रमुखलाई लेखेको नोटमा दो*षीमाथि आवश्यक छानवीन गरी का*र्वाही गर्न अनुरोध गरिएको छ । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फस्दा बि*चल्ली भई आ*त्मह*त्याको बाटो रोज्नु परेको सुसा*इटनोटमा उल्लेख छ । ‘प्रहरी जवान दवाडीसंग दुई वर्षसम्म सम्बन्धमा रहेको र अरु केटीसंग हिड्ने गरेको थाहा पाई टाढिन खोज्दा आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत ब्ल्याक*मेलिङ गथ्र्याे, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ नोटमा भनिएको छ । श्रीमानसंगको सम्बन्ध वि*च्छेद पनि दवाडीसंगको सम्बन्धकै कारण भएको उल्लेख छ । श्रीमानसंगको सम्बन्ध विच्छेद र प्रहरी जवान दवाडीले ग*र्भ स्वीकार गर्न गरेको आनाकानीका कारण आफु यता न उताको भई आ*त्मह*त्याको बाटो रोजेको सम्झनाले छाडेको नोटमा भनिएको छ । ‘मैले आ*त्मह*त्या गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दो*षीलाई कानुनी बमोजिमको सजय दिन भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्या*यको आशा राख्दछु ।’ मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलले झुण्डि*एको अवस्थामा देखिएकी थिइन् । प्रहरीले मृत*कले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरी कार्यालयमा लगेको छ । धौलागिरी अंचल अस्पतालमा बुधबार उनको श*वको पोष्टमार्टम गरिएको छ । उनको श*वको अत्येष्टी बिहिबार गरिने आफन्तहरुले बताएका छन् । ‘आ*त्मह*त्या दुरु*त्साहनमा जाहेरी दर्ता भएको छ, अनुस*न्धान हुन्छ’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘जाहेरी पर्दाबित्तिकै हिरासतमा लिने भन्ने हुँदैन, कल डिटेल फरेन्सिक ल्याबमा पठाउने र पोष्ट*मार्टमको रिपोर्ट आएपछि मात्र अनु*सन्धान सुष्मरुपले अगाडि बढ्छ । केटाकै दुरुस्सा*हनका कारण घटना भएको भए का*र्वाही प्रक्रिया अघि बढ्ने प्रहरी उपरिक्षक भट्टले बताए । ‘सुसा*इटनोट बाहिर आएपनि पुरानो मितिको छ, उद्यपी त्यसको विषयमा पनि छानवीन हुन्छ’ एसपी भट्टले भने । आ*त्मह*त्या दुरुत्सा*हनको मु*द्धा बागलुङमा पहिलोपटक परेको हो । आ*त्मह*त्या दुरुत्सा*हन मु*द्धामा ५ वर्षसम्म कै*द र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । (साभार ढोरपाटन अनलाईन)